त्रिशूली । आसन्न स्थानीयतह निर्वाचनमा नुवाकोटको दुप्चेश्वर गाँउपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमा युवा नेता सरिता पाण्डितको दाबी रहेको छ । विद्यालयकाल देखि नै नेपाल विद्यार्थीसंघमा आबद्ध रहेर सक्रिय राजनीतिमा क्रियाशील रहनुभएका पाण्डितले पालिकास्तरीय पाटीपक्तिका वडा इकाई समितिदेखि पालिका कार्यसमिति, प्रदेश, क्षेत्र र जिल्ला हुदै नुवाकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुसंगको छलफल पछि उपाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुग्नुभएको हो ।
यसअघि नै निर्वाचनमा उपाध्यक्षको लाागी चैतर्फी रुपमा आएको प्रस्तावलाई आफू पाटीलाई बलियो बनाउन सक्रिय हुने भन्दै निर्वाचित जनप्रतिनिधि (पिपुल्ट पोल्टिक्स) नहुने बताउनुभएका पण्डितले अहिले भने हालको उपाध्यक्ष अञ्जु आचार्यले नै ‘अघि बढ्न’ दिएको सुझाबबाट पछिल्लो एक वर्षदेखि नै उपाध्यक्षको तयारीमा लाग्नुभएको हो । नेपाली काँग्रैसको १२ औँ र १३औँ महाधिवेशनमा नेतृत्व छान्नुभएका उहाँले अहिले १४ औँ महाधिवेशनमा भने लोकप्रिय मतको साथ जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
१४ औँ महाधिवेशनको लागी पाटीको क्रियाशिल फारम वितरण र सदस्य दर्ता गराई दुप्चेश्वरमा काग्रेसको संगठन बलियो बनाउनको लागी निरन्तर घट्दै आइरहेको छ । दुप्चेश्वर गाँउपालिका–६ रामती निवासी पण्डितले प्रत्येका वडामा सम्पर्क समूह बनाई वडामा आवश्यक देखिएका पूर्वाधार विकास, जनताको समस्याको समाधान, प्रशासनिक सहजिकरण लगायतमा पुराउदै आएको भूमिकाले पनि उहाँलाई पालिकामा रहेका सातवटै वडाबाट उपाध्यक्षको रुपमा अघि बढ्न सुझाब आएको हो । सबै वडाबाट एक मात्रै उम्मेदवारको रुपमा नाम छनोट गरेर पठाउन चाहेको भएपनि वडाले उपाध्यक्षको नाम सिफारिस गर्ने व्यवस्था नभएकाले त्यसो गर्न पाइएन, अध्यक्षको को आउनुपर्छ हामी भन्दैनौ, उपाध्यक्षमा हामीसबैको सहयोगीको भावनाको सरिता पण्डित आउनुपर्छ भन्ने हो पाटीको वडा कार्य समितिकाका पदाधिकारीले बताए ।
विसंं २०७० सालमा नेविसंघ क्षेत्रीय प्रतिनिधि, २०७४ मा महिला संघ दुप्चेश्वर संयोजक, २०६६ मा दुप्चेश्वर युवा क्लबको सहसचिवको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसक्नुभएका पण्डितले अब पालिकाको उपाध्यक्ष भएसगैँ विकास पूर्वाधार सहित शिक्षा, स्वास्थ्य, रोजगारी, महिला सशक्तिकरण, बालबालिकाहरुको हक तथा अधिकारको रक्षा, पर्यटन प्रबद्धन, धार्मिक सम्पदाको संरक्षण लगायतको लागी अहोरात्र खटिने प्रतिबद्धता जनाउनुभएको छ ।
19.12¡ÆC