एक सय पाँच जनामा कोरोना पुष्टि

फाल्गुन १९, २०७८ मा प्रकाशित | 486 views

काठमाडौँ । नेपालमा थप एक सय पाँच जनामा (काेभिड–१९) कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय २० जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा सात हजार पाँच सय १७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा तीन जना सङ्क्रमितकाे ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४४ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २४ हजार सात सय ८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web