एमसीसीबारे छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

फाल्गुन १३, २०७८ मा प्रकाशित | 545 views

एमसीसीबारे छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिध सभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो ।

एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ ।

बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो।

एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ ।

सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीकोविरुद्धमा छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् ।

पछिल्लो समय सरकार-नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, कुनै सहमति भइनसकेको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web