एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

फाल्गुन ९, २०७८ मा प्रकाशित | 418 views

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । आज सोमवार काठमाण्डाैमा बसेको पार्टीको सचिवालयको बैठकले संसदमा टेबल भएको अमेरिकी सहयाेग एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताउनुभयो । उहाँले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताउनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘हाम्रो सचिवालयको बैठक चलिरहेकाे छ । आज छलफलका लागि समय पुगेन । हामी संसदमा दर्ता भएकाे एमसीसीको विपक्षमा उभिनेछौँ । विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौँ र वातावरण तयार गर्नेछौँ । यो विषय संवदेनशील भएकोले त्यहीँ छलफल होला । हामी आफ्नो पार्टीको पोजिशन स्पष्ट गर्न चाहन्छौँ । सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ ।’

प्रवक्ता खतिवडाले सरकारमा जानु पार्टीको राष्ट्रिय आवश्यक्ता भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web