काठमाडौँ । विशेषज्ञ सहितको टोलीले आगामी निर्वाचनमा मतपत्र र मतपेटिकासमेत जोडिएको विद्युतीय मतदान यन्त्र प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । निर्वाचन आयोगले गठन गरेको ८ सदस्यीय टोलीले विद्युतीय मतदान यन्त्रमै मतदान गरेको चिन्हसमेत प्रिन्ट हुने मेसिन प्रयोग गर्नुपर्ने सिफारिस गरेको हो ।
अध्ययन समितिले भोटर भेरिफायल पेपर अडिट ट्रायल(भीभीपीएटी)सहितको विद्युतीय मतदान यन्त्र प्रयोगमा जोड दिएको हो । अध्ययन समितिको प्रतिवेदन अनुसार, यसो गर्दा मतदाताले मतदान गरेपछि त्यसको अभिलेख डिजिटल रुपमा त रहन्छ नै । साथसाथै मेसिनमा रहेको प्रिन्टरले सानो कागजमा मतदान गरेको उम्मेदवारको निर्वाचन चिन्ह प्रिन्ट गरेर बन्द मतपेटिकामा खसाल्छ । चलखेल नहोस भनेर मतपेटिका र मेसिन दुवै सिलबन्दी गरेर राखिएको हुन्छ ।
26.83¡ÆC