५ सय ७० जनामा कोरोना पुष्टि

फाल्गुन ५, २०७८ मा प्रकाशित | 451 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी नाै हजार सात सय ८९ जनाकाे नमुना परीक्षण गर्दा पाँच सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक हजार नाै सय ९३ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । याेसहित अहिलेसम्म निकाे हुनेकाे सङ्ख्या नाै लाख ४६ हजार तीन सय ३० जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय ११ जना पुगेको छ ।

यस्तै थप दुई लाख १४ हजार एक सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web