कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ मा

फाल्गुन ५, २०७८ मा प्रकाशित | 488 views

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पछाडि सारेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि अर्थात् १५ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ति परेकाले अधिवेशन दुई दिन पर सारिएको बताउनुभयो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

यस्तै कांग्रेसले १६ जिल्लाबाहेकका चुनाव हुन बाँकी महासमिति सदस्य पदको चुनाव र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी चुनाव भने फागुन १० गतेभित्रै हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web