कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

फाल्गुन ४, २०७८ मा प्रकाशित | 801 views

काठमाडौँ । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न बैठक बोलाएका थिए ।

नियमित संसदमा विरोध प्रदर्शन गर्दै आएको एमाले भने परामर्श समितिको बैठकमा सहभागी भएको छैन । एमसीसीबारे दुई धारमा देखिएको जनता समाजवादीका प्रतिनिधि पनि बैठकमा सहभागी भएका छैनन् ।

संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web