अस्ट्रेलियाले जित्यो श्रीलङ्कासँगको टी–२० शृङ्खला

फाल्गुन ३, २०७८ मा प्रकाशित | 450 views

काठमाडौँ । श्रीलङ्कासँगको पाँच खेलको टी–२० शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज मङ्गलवार भएको तेस्रो खेल ६ विकेटले जितेसँगै अस्ट्रेलियाले श्रीलङ्कासँगकाे पाँच खेलकाे शृङ्खला आफ्नाे पक्षमा पारेकाे हाे ।

क्यानबेरामा श्रीलङ्काले दिएको एक सय २२ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाएर १९ बल बाँकी छँदै भेटायो । उसका लागि ग्लेन म्याक्सवेलले ३९ र एरोन फिन्चले ३५ रन बनाए । श्रीलङ्काका महिश थिक्सनाले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले दासुन सनाकाको ३९ रन मद्दतमा एक सय २१ रन बनाएको थियो । बलिङतर्फ अस्ट्रेलियाका केन रिचर्डनले तीन विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web