नेपालसहित १४ सांसदको कारबाहीको रिटमा सुनुवाइ हुँदै

फाल्गुन १, २०७८ मा प्रकाशित | 513 views

काठमाडौँ । नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

१४ जना सांसदलाई कारबाही र नेकपा समाजवादीको खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट भदौ १७ गते दायर रिट निवेदन लामो समयदेखि हेर्न नभ्याइने भन्दै सर्वोच्चले पन्छाउँदै आएको थियो । रिट निवेदनको आज पेशी तोकिएको हो ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, माधवकुमार नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web