त्रिशूली । नेपाली काँग्रेस नुवाकोटले जिल्लाको सबै वडामा प्रशिक्षण कार्यक्रम चलाउने भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटका उपसभापति सन्तमान तामाङको अध्यक्षतामा पाटी कार्यालय विदुरमा आज माघ २६ गते बसेको ‘प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सञ्चालन उपसमिति’को बैठकले आसन्न निर्वाचनलाई लक्षित तथा काँग्रेसमा लागेकाहरुलाई पार्टीको नीति, सिद्धान्त र ंसांगठानिक गतिविधिको बारेमा जानकारी दिन सबै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
नेपाली काँग्रेस नुवाकोटका सचिव तथा प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सञ्चालन उपसमितिका सदस्य श्रीराम श्रेष्ठको अनुसार वडातहमा प्रशिक्षण दिन जानेहरुलाई केन्द्रबाट आउने विज्ञ प्रशिक्षकबाट आसन्न निर्वाचनको लागी गर्नुपर्ने पूर्वतयारी, काँग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार, काँग्रेसको स्थापना, यसको नीति तथा सिद्धान्त, मुलुकमा परिवर्तन ल्याउनको लागी खेलेको भूमिका तथा पाटीका पूर्व शीर्ष नेताहरुले पुराएको योगदान लगायतका विषयमा प्रशिक्षण दिन लागिएको छ ।
वडामा गएर प्रशिक्षण दिनको लागी पाटीमा लामो समयसम्म योगदान पुराएका, कार्यसमितिका पदाधिकारी तथा विभिन्न भातृ सस्थाका पदाधिकारी लगायतलाई केन्द्रबाट आउने प्रशिक्षकबाट प्रशिक्षण दिएर खटाइने भएको छ । त्यसको लागी अबको एक साताभित्र वडामा खटिने प्रशिक्षकलाई प्रशिक्षण दिने र त्यस पछिको अर्को साता भित्र सबै वडामा सकेसम्म एकैदिन प्रशिक्षण दिने कार्यक्रम राख्न लागिएको पाटीको जिल्ला उपसभापति तथा प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सञ्चालन उपसमितिका संयोजक सन्तमान तामाङले जानकारी दिनुभएको छ ।
26.12¡ÆC