१ हजार ३ सय ८६ जनामा कोरोना पुष्टि

माघ २३, २०७८ मा प्रकाशित | 472 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार तीन सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरेर नौ हजार दुई सय ५१ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त विवरणलाई पनि जोडेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार सात सय चार जना निको भएका छन् । यस्तै थप ११ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ४५ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ७९ हजार नौ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web