जापानमा आमालाई मारेर बाबुलाई आत्महत्या गर्न सघाउने महिलालाई ४ बर्ष जेल

असार १२, २०७३ मा प्रकाशित | 1276 views

१२ असार, टोकियो ।
हेर्नलाई र देख्नलाई भव्य अनि शुखशयल देखिने देश हो जापान । तर यहाँ आउने विदेशीलाई मात्र हैन स्वयं कयौं जापानीलाई दुख र गरिविको कहरले छोडेको छैन ।

यहि गरिविको पिडामा आफ्नो आमालाई हत्या गरेर बाबुलाई आत्महत्या गर्न सघाउने एक महिलालाई जेल सजाय भएको छ ।

जापानको साटिमा जिल्ला अदालतले ४७ बर्षीया महिलालाई ४ बर्षको जेल सजाय तोकेको हो ।
अत्सुको नामिकता नाम गरेकी उक्त महिलाले आफ्नो आमालाई मारेको र बाबुलाई आत्महत्या गर्न मदत गरेको आरोपमा दोसी ठहर गरेपछि ४ बर्ष जेल सजाय सुनाएको हो ।

नामिकताले आफनो बाबुआमालाई गाडीमा राखि गएको नोबेम्बरमा नदिमा खसालेकी थिईन् ।

प्रहरीलाई उनले दिएको बयानमा उनले आफ्नो विरामी बाबुआमाले आत्महत्या गर्न चाहेको र त्यसमा उनले मद्दत मात्र गरेकी हुन् ।

नामिकताले प्रहरीको बयानमा उनीहरुको परिवारीक स्थिती कमजोर रहेको कारणले बाबुको सल्लाह बामोजिम सबै परिवार आत्महत्या गर्न खोजेको पनि बताएकी छिन् ।

बाबु आमाको हत्यापछि आफुपनि मर्न खोजेकी उनलाई प्रहरीले नदीको छेउमा चिसोले कठ्ङग्रिएको अर्धचेत अवस्थामा उद्दार गरेको थियो ।

उद्दारपछि उपचार गरेर निको पारेपछि प्रहरीले उनिमाथि आमा बाबु हत्या अभियोगमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web