काँग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेका लागि तय

अशोज २२, २०८३ मा प्रकाशित | 7 views

काँग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेका लागि तय

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदानको समय भोलि बिहान ७ बजेसम्मका लागि सारिएको छ ।

आज बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेका लागि तोकिएको थियो ।

प्रेसबाट निर्वाचन सामग्री आउन ढिला भएपछि मतदानको समय भोलि बिहान ७ बजेका लागि सारेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभयो ।

मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न निर्वाचन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web