कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार

माघ १३, २०७८ मा प्रकाशित | 395 views

काठमाडौँ । पाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रवार ३ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ ।

बैठक भर्चुअल माध्यमबाट बस्नेछ । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय सभा चुनावको समीक्षासँगै स्थानीय चुनावबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

बैठकमा कार्यसम्पादन समिति गठनबारे पनि छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बतानुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web