हेटौंडा । हेटौंडामा बुधबार हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको तयारी पूरा भएको छ । हेटौंडा औंद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय परिसरमा हुने चुनावी तयारी पूरा भएको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभामा रिक्त भएका मध्य बागमती प्रदेशबाट २ सदस्यका लागि हुने चुनाव हुने छ । बागमती प्रदेशका स्थानिय तहबाट निर्वाचित ११९ तहका २ सय ३७ जना प्रमुख उपप्रमुख र प्रदेश सभाका १०९ जना सदस्यहरुले फरक फरक केन्द्रबाट मतदान गर्ने प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बताए ।
उनका अनुसार बुधबार ९ बजेदेखि मदतान प्रकृया अघि बढाउने तयारी रहेको छ । गोप्य मतदानका लागि बुथ निर्माणको काम चलिरहेको र गोप्य मतदानलाई बिषेश ध्यान दिदै मत संकेत गर्ने ठाउँलाई सुरक्षित बनाइएको बताए । ‘अहिलेको परिस्थितिमा कोभिड संक्रमण बाट सुरक्षित रहदै मतदान प्रकृया अघि बढाउछौं’ निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
बिहान ९ बजे शुरु हुने मतदान ३ बजेसम्म सक्ने र करिब ७ बजेसम्म नतिजा प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ । कार्यालयले दुई मतदान केन्द्रका लागि दुई मतदान अधिकृतसहित १६ जना कर्मचारी खटाएको छ ।
मतदाताहरुले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने, यदि कोही कोरोना संक्रमित भए वा लक्षण देखिए मतदानको लागि छुट्टै व्यवस्था गर्ने, मतदान स्थलमा स्वास्थ्यकर्मी सहितको हेप्प डेक्स राख्ने तयारी भइसकेको छ ।
23.12¡ÆC