इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ ।
गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले हराएको हो ।
लिभरपुलका भिर्गिल भान डाइकले आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
यस्तै, खेलको ३२औँ मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गरे भने ८९औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । क्रिस्टल प्यालेसका ओड्सोने इडवार्डले खेलको ५५ औँ मिनेटमा गोल गरे ।
जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ४८ अङ्क भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५७ अङ्क छ ।
21.12¡ÆC