प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

माघ ७, २०७८ मा प्रकाशित | 450 views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लाग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web