तोकिएको समयमा चुनाव नभए लोकतन्त्र र सङ्घीय प्रणालीमा प्रभाव पर्ने

पुस ३०, २०७८ मा प्रकाशित | 562 views

काठमाडौँ । निर्वाचन आयोगले तोकिएको समयमै चुनाव नभए स्थानीय सरकार सञ्चालनमा सङ्कट आउने भन्दै दलहरूलाई सचेत गराएको छ ।

आजको सर्वदलीय बैठकपछि आयोगले विज्ञप्ति निकालेर समयमै चुनाव नभए पालिका तह सञ्चालनमा सङ्कट आउने उल्लेख गरेको छ । आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्भावित सङ्कटबारे ब्रिफिङ गर्नुभएको थियो ।

जनप्रतिनिधिको पाँच वर्षे पदावधि आउँदो जेठ ५ गते सकिने र पालिकाको चुनाव गर्न कम्तीमा ५३ क्रियाकलाप सम्पन्न गर्नुपर्ने भएकाले कानुनतः १२० दिन आवश्यक पर्ने भएकाले माघको पहिलो हप्ताभित्रै मिति नतोके प्राविधिक, व्यवस्थापकीय एवम् व्यावहारिक दृष्टिले चुनाव गर्न कठिन हुने भएकाले गम्भीरतापूर्वक लिन आयोगले दल तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web