विदुर । कोरोना रोगको जोखिमको कारण नुवाकोटका विद्यालयहरु बन्द गर्न भनिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले सूचना जारी गर्दै कोरोना रोगको जोखिम बृद्धि हुदै गएकाले रोग नियन्त्रणमा नआएसम्मको लागी बालबालिकालाई बचाउन आगामी माघ १५ गतेसम्मको लागी नुवाकोटमा सञ्चालनमा रहेका सबै विद्यालय बन्द गर्न सूचना जारी गरिएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा गृह मन्त्रालय, शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न तथा गराउनको लागी गरेको परिपत्र अनुसार शिक्षा विकास तथा समन्वयन इकाई नुवाकोटका इकाई प्रमुख देवकुमार बरालले सबै नगरपालिका र गाँउपालिकालाई ‘विद्यालय बन्द गर्न’को लागी पत्राचार गर्दै देशभर कोरोना रोगको जोखिम बढिरहेको, नयाँ भेरियन्ट ओमिक्रोन सक्रमित बिरामी समेत फेला परेको र १२ वर्ष मुनिका बालबालिकाको लागी रोग विरुद्धको खोप समेत नभएकाले उच्च जोखिममा पर्न सक्ने भन्दै आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्नको लागी भनिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले सूचना जारी गर्नु अघि नुवाकोटका केही स्थानीयतहले कोरोना रोगको जोखिम धेरै नभएको भन्दै विद्यालय सुचारु राख्ने भनेर सूचना जारी गरेपनि शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको सूचना पछि विद्यालय बन्द गर्न तथा गराउन भनिएको छ ।
यसैबीच, बेलकोटगढी नगरपालिकाले कोरोना रोगको जोखिमको कारण विद्यालय बन्द गर्न माथिल्लो निकायबाट गरेको पत्राचार अनुसार पालिका भित्र रहेका विद्यालय बन्द गर्न सूचना जारी गर्दै यस समयमा सिकाई सहजिकरण भने कायमै राख्न आग्रह गरेको छ ।
कोरोना रोगको जोखिमबाट विद्यार्थीलाई बचाउनको लागी केन्द्रीय सरकार तथा माथिल्लो निकायले गरेको पत्राचार अनुसार बार्षिक विदाबाट मिलान हुने गरेर आगामी माघ १५ गतेसम्म बेलकोटगढी नगरपालिका भित्रका सबै विद्यालयहरु बन्द गर्नको लागी अनुरोध गर्दै यो बन्द भएको समयमा विद्यार्थीको सिकाईलाई भने बैकल्पिक उपायहरु अपानाई कोरोना रोगको जोखिमबाट सुरक्षित रहदै सिकाई सहजिकरणलाई भने निरन्तर कायम राख्नको लागी आग्रह गरिएको नगरपालिकाको प्रमुख पशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।
विद्यार्थीलाई रोगबाट बचाउन धेरै सङ्ख्यामा जम्मा नगरी सिकाई कायम राख्न, कोरोना रोग विरुद्धको खोप कार्यक्रममा सहभागी गराउन तथा परीक्षा लगायतका नगरी नहुने क्रियाकलाप सुचारु गर्न बेलकोटगढी नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका विद्यालयलाई अनुरोध गरेको हो ।
27.28¡ÆC