नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्रीप्रसाद मैनाली चयन

पुस २६, २०७८ मा प्रकाशित | 452 views

त्रिशूली । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्रीप्रसाद मैनाली चयन हुनुभएको छ । नयाँ कार्यसमिति चयनको लागी गएको शुक्रबारदेखि सुरु भएको सातौँ जिल्ला अधिवेशनमा सर्वसम्मत रुपमा बद्रीप्रसाद मैनाली अध्यक्षमा चयन हुनुभएको हो । यसैगरी, उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, सहसचिवमा काशिराज अधिकारी र निलकण्ठ आचार्य चयन हुनुभएको छ । सर्वसम्मत मार्फत बन्द सत्रमा नेकपा एमालेको बागमति प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रस्तावको रुपमा राख्नुभएको पदाधिकारी सहित जिल्ला कमिटीका सदस्यहरुको नामावलीलाई बन्दसत्रले सर्वसम्मत रुपमा पारित गरेको हो ।
नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनले तोकिएको मापदण्ड अनुसार पाच जना पदाधिकारी ४८ जना खुल्ला सदस्य, प्रतिनिधिसभा भूगोल १ र २ बाट १५–१५ जना, महिला खुलातर्फ २० जना, जनजाती महिला र पुरुष गरेर १२ जना, दलित समुदायबाट ४ जना र अल्पसङ्ख्यक समुदायबाट १ जना गरेर १२० जना जिल्ला कमिटी तयार गरेको हो ।
नेकपा एमाले नुवाकोटको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका बद्रीप्रसाद मैनालीले नुवाकोट सहित देशभर नै सबैभन्दा ठूलो पाटीको रुपमा रहेको अवस्थालाई आगामी दिनमा थप मजबुद बनाउने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला कमिटी चुस्त र समावेशी समेत बनाउनुपर्ने भएकाले जिल्ला कमिटीमा नपरेकालाई पाटीको विभिन्न तह, विभाग, आयोग लगायतमा व्यवस्थापन गरिने भएकाले निराश नहुनको लागी आग्रह गर्नुभएको छ ।
सातौ जिल्ला अधिवेशन मार्फत उपाध्यक्ष हुनुभएका बुद्धिबहादुर प्रधानले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनमा सन्तुष्टि जनाउदै निरन्तर पाटी प्रति सक्रियताको साथ लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । यसअघि अध्यक्षको दाबेदारीको रुपमा देखिएका बुद्धिबहादुर प्रधानले काम गर्नको लागी पद भन्दापनि अवसर खोज्नुपर्ने भन्दै पाटीले सर्वसम्मत रुपमा दिएको जिम्मेवारी खुसीको साथ बहन गर्ने बताउनुभएको हो ।
नेकपा एमालेको सातौ अधिवेशनमा नयाँ नेतृत्व आएसगैँ अब निवर्तमान अध्यक्ष हुनुभएका नारायणप्रसाद खतिवडाले बन्द सत्रमा सर्वसम्मत नयाँ नेतृत्वको घोषणाको अवसरमा पाटीको लागी आफू नेतृत्वमा रहदाँ कुनै कसुर बाँकी नराखी निरन्तर संगठनको निर्माण, आबद्ध रहेका सबैलाई समेटेर तथा जिम्मेवारी दिएर जिल्लादेखि केन्द्रसम्म एमालेलाई ठूलो शक्तिको रुपमा उभ्याउन सफल भएको दाबी गर्दै अबको नेतृत्वले पनि यही गतिलाई अघि बढाउन शुभकामना दिनुभएको छ ।
नेकपा एमाले जिल्ला अधिवेशनका लागि छानिएका ७२० जना प्रतिनिधिबाट सर्वसम्मत रुपमा चयन भएको नयाँ नेतृत्वले अहिले सबैभन्दा ठूलो पाटी हुदाँ पनि जनताको अपेक्षा अनुसारको काम गर्नको लागी अन्य पाटीले घेराबन्दी गर्दै प्रतिपक्षमा पुराएको, पाटी फुटको पीडा लगायतको संकटको समय भएकाले एक ढिक्का र एकशक्तिको रुपमा नयाँ सन्देश दिन सफल भएको भन्दै खुसी जनाएका छन् ।
सातौ अधिवेशन मार्फत जिल्ला कमिटीमा नयाँ अनुहार र युवाहरुको वर्चश्व बढेको छ । अध्यक्ष चयन हुनुभएका बद्री मैनाली युवाहरुको प्रतिनिधित्वको आधार रहेको छ भने युवा विद्यार्थी नेताहरु विष्णु दाहाल, राजु तिवारी, प्रदिप घिमिरे लगायतका विद्यार्थी संगठनबाट छलाङ मार्दै पाटीको जिल्ला स्थित प्रभावशाली मानिएको जिल्ला कमिटीको सदस्य बन्न सफल भएका छन् ।

No photo description available.

May be an image of text that says "प्रतिनिधि सभा ૧ भूगोल तर्फ (महिला) लजिता लामा (सुनिता)- ककनी इन्दिरा लोहनी लिखु मेनुका थापा -पज्चकन्या शान्ती राई लिखु प्रेम कुमारी थापा तादी CHEMTESHWOR ሂ. २. प्रतिनिधि सभा १ भूगोल तर्फ (पुरुष) घ कुमार लामा सूर्यगढी मुकुन्द आचार्य सूर्यगढी प्रेम बहादूर तामाष तादी विजय कुमार खनाल तादी शुरज शेर्पा दुष्चेश्वर भोला सेंढाई लिखु मेघ नारायण श्रेष्ठ लिखु चन्द्र बहादूर बलामी श्रेष्ठ ककनी श्याम लामा शिवपुरी दिपक कार्की पज्चकन्या RADIO BUONTESIS NOS ९. १०."

 

May be an image of text that says "૧. प्रतिनिधि सभा २ भूगोल तर्फ (महिला) कोपिला भट्ट- तारकेश्वर मधु तारकेश्वर रेखा विदुर न.पा. लक्ष्मी प्रधान- विदुर न.पा. पवित्रा घिमिरे- बेल्कोटगढी ५. ሂ. प्रतिनिधि सभा २ भूगोल तर्फ (पुरुष) ૧. नारायण सिं लामा किस्पाड २. गणेश प्रसाद खतिवडा- बेल्कोटगढी ३ે. नवराज तिवारी- बेल्कोटगढी ૪ यम प्रसाद खतिवडा- बेल्कोटगढी प्रदिप घिमिरे विदुर न.पा. हरि अधिकारी- तारकेश्वर चुडामणी गजुरेल- तारकेश्वर एकराज घले किस्पाड दिपक कायस्थ विदुर न.पा. ज्ञान बहादूर तामानन- मेघाडन ७. 5. ९. ૧૦."

May be an image of text that says "५. ६. ७. महिला खुला तर्फ ૧. पार्वती प्याकुरेल २. बिन्दा नेपाल ३. गिता दाहाल दुर्गा वस्ती निर्मला खड़का तारा रिमाल अन्जु लामा चरिमाया तामानन शर्मिला थपलिया कल्पना न्यौपाने अम्बिका पौडेल इन्दिरा अधिकारी देविका घिमिरे कल्पना पाण्डे अप्सरा धमला रुपा थापा धन कुमारी रिजाल बिन्दा श्रेष्ठ अम्बिका तामानन सवु मिजार 5. ९. ૧૦. ૧૧. १२. ૧३. १४. १५. १६. १७. १5. १९. २०."

 

May be an image of text that says "जनजाति (महिला) तर्फ विन्दुमाया तामानन- मेघाड मंगलमाया प्रजापती शिवपुरी रोजिना राई लिखु बच्चुमाया सुनारी मगर विदुर न.पा. जनजाति (पुरुष) तर्फ गंगा बहादूर तामानन किस्पान नारायण तमाड मेघाड संज्च तामान- दुप्येश्वर सोनाम लामा- ककनी विकास लामा (घलान) तादी नमराज गोले बेल्कोटगढी लेनिन रज्जित विदुर न.पा. बुद्दिमान तामान सूर्यगढी १ अल्पसंख्यक तर्फ ૧. भीम बहादुर घले लिखु दलित तर्फ ૧. बद्री मिजार बेल्कोटगढी २. नारायण दुलाल बेल्कोटगढी ३ે. शिव वि.क. -विदूर न.पा. श्रृजना बागदास- लिखु"

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web