काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनकाे बन्द सत्रमा पेस गर्नुभएको केन्द्रीय सदस्यहरूको सूची पारित भएको छ ।
कमलादीको प्रज्ञा भवनका चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आज आइतवार पेस गर्नुभएको सूची बन्द सत्र हलले अनुमोदन गरेको हो । अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ एक सय २५ जना र खुलातर्फ एक सय ११ जना गरी दुई सय ३६ जनाको नामावली पेस गर्नुभएको थियो ।
दुई सय ९९ सदस्यमध्ये अब बाँकी ६३ सदस्य मनोनित रहनेछन् । केन्द्रीय सदस्यहरूले पदाधिकारी चयन गर्नेछन् । पदाधिकारीको टुङ्गो भने भोलि साेमवार मात्रै लगाउने माओवादी केन्द्रले जनाएको छ ।
सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
25.12¡ÆC