झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ गतेदेखि

पुस १८, २०७८ मा प्रकाशित | 432 views

झापा । कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आउँदाे फागुन २१ गतेदेखि ३० गतेसम्म हुने भएको छ ।

मोफसलकै प्रतिष्ठित यो प्रतियोगिता बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web