मनाङ मर्स्याङ्दी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा

पुस १७, २०७८ मा प्रकाशित | 396 views

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो । मनाङको लागि पहिलो हाफको इन्जुरी समयमा कप्तान अञ्जन विष्टले गोल गरे । मनाङले पाएको पेनाल्टी शिशिर लेखीले सदुपयोग गर्न सकेनन् । जितसँगै मनाङ सात खेलमा १६ अंकसहित शीर्ष स्थानमा पुगको छ । एक खेल कम खेलेको मछिन्द्र क्लबको १४ अंक छ । ब्रिगेड पाँच अंकसहित १२ औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web