माओवादी केन्द्रको चुनावी प्रक्रिया सुरु

पुस १७, २०७८ मा प्रकाशित | 628 views

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार सात सय ४२ जना मतदाताको नामावली टाँसेको छ । चुनावी कार्यतालिका अनुसार आजै राति आठ देखि १० बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता हुनेछ । भोलि बिहान सवा ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र साढे ११ बजेदेखि मतदानको कार्यसूची रहेको छ । ११ गते सुरु भएको महाधिवेशन हिजो नै सक्ने कार्यतालिका रहे पनि लम्बिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web