वेष्ट इन्डिजसँगको टी–२० श्रृङ्खलामा पाकिस्तानको ‘क्लिन स्वीप’

पुस २, २०७८ मा प्रकाशित | 420 views

काठमाडौँ । वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खलामा घरेलु टोली पाकिस्तानले क्लिन स्वीप गरेको छ । कराचीमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान ७ विकेटले विजयी भएकाे हाे ।

वेस्ट इन्डिजले दिएको २ सय ८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका लागि मोहमद रिजवानले ८७ रन र कप्तान बाबर आजमले ७९ रनको अर्धशतकीय पारी खेले। वेस्ट इन्डिजका ओडिन स्मिथ, रोमारियो र डोमिनिक ड्राकेसले १/ १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका मोहमद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए । पहिलो खेलमा पाकिस्तान ६३ र दोस्रो खेलमा ९ रनले विजयी भएको थियो ।

यसैबीच पाकिस्तान र वेस्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला भने स्थगित भएको छ । पाकिस्तान भ्रमणमा रहेको वेस्ट इन्डिजका खेलाडीमा कोरोना सङ्क्रमण भएपछि एक दिवसीय श्रृङ्खला स्थगित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web