महामन्त्री हारेसगैँ रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

पुस १, २०७८ मा प्रकाशित | 611 views

काठमाडौ । रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।

रिजालले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

रिजालले महामन्त्रीको अन्तिम मतपरिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिने बताएका छन् ।

अहिलेसम्म २१२० मत गन्दा गगन थापा १३८५ र विश्वप्रकाश शर्मा ८५१ मतसहित अगाडि रहेका छन् । प्रकाशशरण महत ६९८ मतसहित तेस्रो स्थानमा छन् । यसअघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ६२१ मतसहित चौथो स्थानमा झरेका छन् । त्यस्तै मीनेन्द्र रिजालले ३२६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले ५९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web