आधा जनसंख्याले पूरा मात्रा खोप पाएपछि बुस्टर डोज

पुस १, २०७८ मा प्रकाशित | 695 views

काठमाडौँ । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले आधा जनसंख्यालाई दुवै डोज खोप दिएपछि बुस्टर डोज दिन सकिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रा. डा. अधिकारीले खोप लगाउने उमेर समूहका ५० प्रतिशतभन्दा बढीलाई दुबै मात्रा खोप दिएपछि मात्रै बुस्टर डोज दिन सकिने बताएका हुन् ।

पछिल्लो समय कोरोना महामारीको नयाँ भेरियन्ट फेला परेकाले फ्रन्टलाइनरलाई भए पनि बुस्टर डोज दिनुपर्ने माग भइरहेका बेला खोप सल्लाहकार समितिका अध्यक्षको यस्तो प्रतिक्रिया आएको हो ।

उनले भने, ‘जबसम्म ५० प्रतिशत जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउन सकिँदैन तबसम्म बुस्टर डोज दिन सकिँदैन ।’

उनले अघि भने, ‘केही व्यक्ति मात्रै सुरक्षित भएर यो रोगबाट हामी सुरक्षित हुन सक्दैनौं । जबसम्म सबै सुरक्षित छैनन् तबसम्म म सुरक्षित हुनसक्छु भन्ने कुरा कसैले पनि नसोचे हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि यही सिद्धान्तलाई महत्व दिएको छ ।’

डब्ल्यूएचओले विकसित मुलुकहरुलाई पनि बारम्बार आफू मात्रै सुरक्षित हुने बाटोतर्फ नलाग्न घच्घचाइरहेको प्रा.डा. अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web