अब कांग्रेसकाे अनुहार कस्ताे हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हाे : डा. रिजाल

पुस १, २०७८ मा प्रकाशित | 479 views

काठमाडौ । नेपाली कांग्रेसका नेता एवम् रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आज बुधवार आयोजना गर्नुभएको प्रतिनिधिहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले अब कांग्रेसको अनुहार कस्तो हुन्छ भन्ने महत्त्वपूर्ण हुने बताउनुभयो । मन्त्री रिजालले डा. कोइरालाको टिमबाट कांग्रेसमा सङ्ख्यामा भाग नखोज्ने बरु विचारमा प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

मन्त्री रिजालले भन्नुभयो, ‘आउने दिनमा कांग्रेस सञ्चालन गर्दा विचार गहिरो र प्रष्ट रूपमा हुनुपर्छ । निर्वाचनको जित र हार महत्त्वपूर्ण होइन, कांग्रेसको अनुहार कस्तो हुन्छ त्यो महत्त्वपूर्ण कुरा हो । ठिक बाटोमा हिँड्ने कांग्रेस बनाउँछौँ । हामी सङ्ख्यामा भाग खोज्दैनौँ । विचारमा प्रतिनिधित्व हुनुपर्छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु । जिम्मेवारीका साथै परिवर्तनको कांग्रेस देखिनुपर्छ । तपाईँलाई जिम्मेवारीको बोझ थपिएकाे छ । त्यो बोझ कसरी पूरा गर्नुहुन्छ ? कांग्रेस परिवर्तनको अवसर खेर नजाओस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web