संसद्को हिउँदे अधिवेशन आजदेखि, ६ वटा अध्यादेश पेस हुँदै

मंसिर २८, २०७८ मा प्रकाशित | 388 views

काठमाण्डौ ।संसद्को हिउँदे अधिवेशन आजदेखि हुँदैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ ९नियमन० अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गरेको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजदेखि सुरु हुने संसद् अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौतामाथि छलफललाई अघि बढाउने अनुमान पनि गरिएको छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको कार्यसूचीमा भने एमसीसीलाई राखिएको छैन । यस्तै, संसद् सचिवालयले बैठक बस्नु अघि १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web