तिलकेस्वर आधारभूत बिद्यालयको नयाँ भवनको नगरप्रमुख खनालबाट उद्घाटन

मंसिर २८, २०७८ मा प्रकाशित | 256 views

तिलकेस्वर आधारभूत बिद्यालयको नयाँ भवनको नगरप्रमुख खनालबाट उद्घाटन

बाघखोर । बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले कोरोना रोगको कारण प्रभावित भएर सञ्चालनमा आएका शैक्षिक गतिविधिलाई सुचारु गराउनको लागी आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । बेलकोटगढी नगरपालिकाको वडा नं. ४ कथुरानीमा रहेको तिलकेस्वर आधारभूत बिद्यालयमा बनाइएको नयाँ भवनको सोमबार उद्घाटन समारोह तथा अभिभावक भेलालाई सम्बोधन गर्दै नगरप्रमुख राजेन्द्ररमण खनालले विद्यालयको शिक्षक दरबन्दी बढाउन र बिसौले खोलामा पुल हालेर विद्यालय आउजाउ गर्नको लागी विद्यार्थीलाई सहज बनाउनको लागी रोखेको माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

May be an image of 3 people and flower

वडा नं ४ को कथुरनीमा रहेको विद्यालयको सुधारको लागी सरोकार राख्ने पक्षहरुबाट सहयोग र चासो देखाउनुपर्ने भएपनि जापानी सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण सहयोगमा ६ करोड रुपैयाँमा बनाइएको भव्य भवन उद्घाटनमा सम्बन्धित वडाको वडाध्यक्ष लगायतको अनुपश्थित हुनु राम्रो नभएको भन्दै विद्यालयको लागी शिक्षक र खोलामा पुल उपलब्ध गराउने उहाँले उद्घोष गर्नुभएको हो ।
बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले नगरपालिका र वडा मार्फत खर्च गर्ने गरेर करोड भन्दाबढी बजेट बिनियोजित गरेकाले त्यसको सही कार्यान्वयनको लागी ध्यान दिन अभिभावक तथा ४ नं .वडाबासीलाई आग्रह गर्नुभएको छ । वडामा थप सञ्चालन गर्नुपर्ने योजना तथा कार्यक्रमको रुपमा सिचाई, विद्युत सेवा, खानेपानी, सडकको स्तरउन्नती लगायतको अत्यावश्यक देखिएका योजना नगरपालिका समक्ष माग गर्न उहाँले आग्रह गनुभएको छ ।

May be an image of 4 people and people standing
कार्यक्रममा बेलकोटगढी नगरपालिकाको शिक्षा शाखाका श्रोतव्यक्ति बद्री शर्मा सहित अहिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सापकोटा लगायतले विद्यालय सुधारको लागी देखिएको समस्याको उठान तथा समाधानको पहलका सम्बन्धमा सम्बोधन गर्नुभएको छ ।

May be an image of 1 person and standing
जाइकाले बनाएको ६ करोड रुपैयाँ लगानीको १२ कोठे पक्कि भवनको हिजो उद्घाटन सहित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । कक्षा ८ सम्म अध्यापन गराउदै आएको विद्यालयमा अहिले १५६ जना बिद्यार्थी रहेकाले विद्याथी सङ्ख्या बढाउन र मावितहसम्म अध्ययन गराउनको लागी जोड दिन अभिभावकहरुबाट माग उठाइएको छ । नयाँ व्यवस्थापन समिति गठनको लागी अभिभावकहरुबीच छलफल अघि बढेपनि सहमति जुट्न बाँकी रहेको विद्यालयका प्रअ शिवराम थापाले जानकारी दिनुभयो ।

May be an image of 3 people and outdoors

May be an image of 4 people, child, people sitting, people standing and outdoors

May be an image of 2 people, people standing and outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web