क्षेत्र नं .१ को सचिवमा सुवन गिरीको उम्मेदवारी : अग्रजलाई उर्जा युवालाई जोश

मंसिर ४, २०७८ मा प्रकाशित | 511 views

नुवाकोट । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत नुवाकोटको क्षेत्र नं. १ को क्षेत्रीय सचिवमा युवा नेता सुवन गिरीले उम्मेदवारीको घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसको नर्सरी मानिने विद्याथी संगठन नेपाल विद्यार्थीसंघबाट सक्रिय राजनीतिमा क्रियाशिल हुनुभएका युवा नेता सुवन गिरीले यही मंसिर ६ गते हुन लागिरहेको निर्वाचनमा क्षेत्रीय सभापति धुव्र श्रेष्ठको प्यानलबाट उम्मेदवारीको घोषणा गर्नुभएको हो ।
नेपाल विद्यार्थी संघको विभिन्न पद, तरुण दलको नुवाकोट सचिवको साथसाथै पाटीको सक्रिय राजनीतिमा लाग्नुभएका उहाँले अग्रज नेताहरुको सुझाब तथा क्षेत्रीय प्रतिनिधिहरुबाट आएको प्रस्तावको आधारमा क्षेत्र नं. १ को क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । निर्वाचन यही मंसिर ६ गते हुन लागिरहेको छ ।

यसअघि उहाँलाई महाधिवेशन प्रतिनिधिको लागी जिम्मेवारी दिन लागिएको भएपनि आफ्नो क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने तथा आम नागरिकको निरन्तर सम्पर्कमा रहेर जिम्मेवारी पूरा गर्नको लागी क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । महाधिवेशन प्रतिनिधि सम्मानित पद भएपनी पाटीमा सक्रिय भूमिका निर्वाह गर्दै संगठन सुदृढिकरण बनाई क्षेत्र नं .१ मा काग्रेसलाई बलियो बनाउनको लागी उहाँले आफूले महाधिवेशन प्रतिनिधि भन्दा क्षेत्रीय सचिवको रुपमा उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

अहिले मंसिर ३ गते भएको क्षेत्र नं .१ को क मा प्रदेस निर्वाचनमा सुशील खड्का र ख मा राम्जी पौडेललाई बिजयी गराउन गरेको प्रयासमा सफलता हासिल गरेसगैँ उहाँले क्षेत्रीय सचिवको रुपमा मतदाताको रुपमा रहने क्षेत्रीय प्रतिनिधि माझ आफ्नो उपस्थिती र पहुँचलाई बलियो देखाउनुभएको छ ।

यसको साथै नेविसंघबाट राजनीति र सामाजिक यात्रा सुरु गर्नुभएका उहाँले पाटीको प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतको राजनीति यात्रा सफल बनाउनको लागी महत्वपूर्ण योगदान पुराउदै आएको भएपनि लाभको पद लिन लोभ नदेखाई निरन्तर समाजसेवामा सक्रिय रहनुभएको छ । अग्र्रजहरुको सम्मान तथा आदर र युवाहरुको लागी सहयोगी रहनुभएका युवा नेता सुवन गिरीबाट क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणाले क्षेत्र नं .१ को धुव्र श्रेष्ठको प्यानल नै बिजयी गराउनको लागी जीत निश्चित बनाएको छ भने महाधिवेशन प्रतिनिधिको रुपमा रहेका प्यानलको उम्मेदवारलाई पनि बिजयी गराउनको लागी सहयोग पुग्ने देखिएको छ ।

उद्यम र व्यावसाय सगसगैँ :
राजनीतिमा यात्रामा युवा नेता सुवन गिरीको संघर्ष र पुराएको योगदानले नेपाली काग्रेसलाई जनतामाझमा जोड्नको लागी उल्लेख्य योगदान पुराएको छ । नेविसंघको राजनीति यात्रामा तत्कालीन माओवादी र उसको भातृ सँस्था वाईसिएल मार्फत भौतिक आक्रमणमा परेर पुर्नजीवन पाउनुभएका उहाँले त्यसपछिको पाटीको संगठन विस्तार, क्षमताबृद्धि र आबद्ध भएकाहरुसंगको सामिप्यताले नै काँग्रेसलाई बलियो बनाउन एंव उहाँलाई युवामाझ आशा लाग्दो नेताको रुपमा स्थापित गराएको छ । युवा उद्यमीको रुपमा रहनुभएका उहाँले राजनीति र त्यसमार्फत गर्ने समाजसेवाको लागी आफै आर्थिक श्रोत सुनिश्चित गर्दै आउनुभएको छ । समाजसेवालाई मूल आदर्श बनाई आफ्नै ब्यावसाय मार्फत आउने कमाईले दैनिकी चलाउदै राजनीति र समाजसेवाको लागी श्रोतको सुनिश्चित गरेर युवा पिढीको लागी नयाँ सन्देश एंव पाठ सिकाउदै आउनुभएको छ ।

समाजसेवामा जिल्लादेखि केन्द्रसम्म नै सक्रिय :
नेपाली काँग्रेस, काग्रेसको विभिन्न भातृ र शुभेच्छुक सँस्थामा आबद्ध रहनुभएका सुवन गिरी ‘विपी स्टडी युथ सर्कल’को बागमति प्रदेशको अध्यक्षको रुपमा जिम्मेवारी पूरा गर्नुभएको छ । यही सँस्थाको नेतृत्वमा कोरोना रोगको सक्रमणको समयमा रोजगारी खोसिएका तथा आम्दानीको श्रोत नभएको तथा बिचल्लीमा परेका आठ हजार भन्दा धेरैलाई काठमाडौको माछापोखरीमा खानाको प्रबन्ध मिलाइ मानवसेवाको उत्कृष्ट कार्य गरिएको थियो । कोरोना रोगको जोखिको कारण देखाई नेपाल सरकारबाट यातायात बन्द गरिएको थियो भने ब्यापार ब्यावसाय, निर्माण कार्य लगायतलाई ठप्प बनाएसगैँ बिलखबन्दमा परेका व्यक्तिहरुलाई निःशुल्क खानाको प्रबन्धले राजनीतिमा लाग्नुभएका उहाँको छवी तथा प्रतिष्ठा देशभर नै चर्चा बन्न पुगेको थियो ।

जेठ २१ गतेदेखि असार ७ गतेसम्म उहाँ अध्यक्ष रहेको विपी स्टडी युथ सर्कलको आयोजनामा आठ हजार भन्दा बढीलाई दिवा तथा रात्रीकालीन खानाको गरिएको प्रबन्धको उच्च प्रशंसा गर्दै विभिन्न संघसस्था र व्यक्तिबाट खाद्यान्न, भौतिक तथा नगद समेत सहयोग गर्दै उहाँको सामाजिक योगदानलाई निरन्तरता दिन उच्च मनोबल तथा शुभेच्छा प्रकट भएको थियो ।
सोही कारण पनि राजनीतिमा युवाको बाहुल्यता कमजोर रहेको र राजनीतिबाट समाजसेवा गरेर आम नागरिकको मन जित्नको लागी पनि नेपाली काँग्रेसको जारी रहेको अधिवेशन अन्तरगत यही मंसिर ६ गते हुने क्षेत्रीय चरणको निर्वाचनमा धुव्र श्रेष्ठको प्यानलबाट उहाँले क्षेत्रीय सचिव पदमा दिनुभएको उम्मेदवारीले पाका तथा अग्रजलाई उर्जा दिएको छ भने युवा बर्गको मनोबल उच्च बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web