इंग्लिस प्रिमियर लिगमा सात वटा खेल हुँदै

कार्तिक १३, २०७८ मा प्रकाशित | 474 views

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् ।

त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web