कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ गते देखि हुने

कार्तिक ११, २०७८ मा प्रकाशित | 412 views

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका प्रकाशन गरेर मङ्सिर २४ देखी २६ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

निर्वाचन प्रक्रिया भने मङ्सिर २१ गतेदेखि नै सुरु हुने छ । समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार सात वटै प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ ।

समितिले बाँकी रहेका वडा तथा गाउँ नगर र जिल्ला अधिवेशनकाे कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web