टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड ५ विकेटले पराजित

कार्तिक १०, २०७८ मा प्रकाशित | 530 views

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । यूएईकाे सारजाहमा गएराति भएको खेलमा पाकिस्तानसँग न्युजिल्याण्ड ५ विकेटले पराजित भएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३, आसिफ अलीले २७, शोयब मलिकले २६, फखर जमान, मोहमद हाफिज र इमाद वासिमले ११–११ रन जोडे । कप्तान बाबर आजमले भने ९ रन मात्र जोड्न सके ।

न्युजिल्याण्डका लागि इश सोधीले २ तथा मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७/२७ रन जोडे भने कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ तथा ग्लेन फिलिप्सले १३ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिँदा शहिन साह अफ्रिदी,इमाद वासिम र मोहमद हाफिजले १/१ विकेट लिए । जितसँगै २ खेलमा ४ अंक जोडेको पाकिस्तान समूह २ को शीर्ष स्थानमा छ । पाकिस्तानले यस अघि भारतलाई १० विकेटले हराएको थियो । हिजै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web