ईपीएल क्रिकेटको उपाधिका लागि चितवनले पायो १ सय १२ रनको लक्ष्य

अशोज २३, २०७८ मा प्रकाशित | 423 views

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितका लागि १ सय १२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे ।

चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ तथा सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web