काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाएका ६५ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टीबडी) पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १,७९६ जनामा एन्टीबडी अध्ययन गर्दा खोप लगाएका ६५ प्रतिशत र खोप नलगाएका ४.७ प्रतिशतमा एन्टीबडी बनेको पाइएको हो । अनुसन्धानमा सहभागी कुल संख्याको ६१ प्रतिशत (९४१ जना) मा एन्टीबडी देखिएको थियो ।
खोप लगाएका व्यक्तिहरुमा ९४१ (६५ प्रतिशत) जनामा एन्टीबडी देखिएको थियो भने खोप नलगाएका ३८४ सहभागी मध्ये १५३ (४३.९७ प्रतिशत) मा पनि एन्टीबडी देखिएको थियो ।
पहिलो डोज मात्र खोप लगाएकामध्ये ५०५ (५५.१ प्रतिशत) जनामा र दुवै डोज खोप लगाएका मध्ये ४३६ (८२ प्रतिशत) जनामा एन्टीबडी देखिएको थियो । त्यस्तै कोभिड-१९ को संक्रमण पुष्टि नभएकामध्ये ५९.८१ (९०८ जना) मा एन्टीबडी विकसित भएको परिषद्को अनुसन्धानमा उल्लेख छ ।
कोरोना संक्रमण भई निको भएकामध्ये लक्षण नदेखिएका सहभागीहरुको अनुपातमा जटिल लक्षण देखिएका सहभागीहरुमा एन्टीबडी विकसित भएको पाइएको परिषद्को प्रतिवेदनमा उल्लेख छ । खोप लगाएको दिनसँग नमुना संकलनको दिनलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेका ८२.३३ प्रतिशत सहभागीहरुमा एन्टीबडी देखिएको थियो ।
तर चौथो महिना पछि ४३.७५ प्रतिशतमा मात्र देखिएको परिषद्ले बताएको छ । त्यस्तै, दीर्घरोगीहरुमा एउटा मात्र दीर्घ रोग भएकामध्ये ७८.९ प्रतिशतमा, दुई वटा दीर्घ रोग भएकामध्ये ७१.६९ प्रतिशतमा तथा तीन वा सो भन्दा बढी दीर्घ रोग भएका ४२.३ प्रतिशतमा एन्टीबडी देखिएको थियो ।
16.05¡ÆC