इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानेचस्टर सिटीले बराबरी खेले

अशोज १८, २०७८ मा प्रकाशित | 398 views

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानेचस्टर सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा लिभरपुल र सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल ७ खेलमा १५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सिटी १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, गएराति भएकाे अरु खेलमा टोटनह्यामले एस्टोन भिल्लालाई २ –१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, ब्रेन्टफाेर्डले वेष्टह्यामलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web