१ हजार १ सय ५७ जनामा कोरोना पुष्टि

अशोज १३, २०७८ मा प्रकाशित | 564 views

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार पाँच सय ४१ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९४ हजार एक सय ६३ पुगेको छ भने एन्टिजेन विधिबाट ९१ हजार तीन सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय १३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६४ हजार आठ सय ४७ पुगेको छ ।

यही अवधिमा थप आठ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय २३ पुगेको छ ।

अहिले नेपालमा १८ हजार एक सय ९३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा तीन सय ५४ जनाको आईसीयू र ९९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web