नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

अशोज १०, २०७८ मा प्रकाशित | 582 views

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल राति पौने १० बजे दोहामा हुँदैछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेकोमा एकमा बराबरी र एकमा हार बेहाेरेकाे थियो ।

नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिप आउँदो १५ गतेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web