त्रिशूली । नुवाकोटमा कोरोनाको सक्रिय सक्रमितको सङ्ख्या घटेर एकसय जनामा आइपुगेको छ । पछिल्लो चौविस घण्टामा कोरोना रोगबाट सक्रमित हुने कोहीपनि नभएको र रोग जित्नेको सङ्ख्या भने ११ जना भएसगैँ सक्रिय सक्रमितको सङ्ख्या घटेर एकसय जनामा आइपुगेको हो ।
पछिल्लो चौविस घण्टामा जिल्लामा पिसिआर परीक्षण नभएको र त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका मध्ये एक जना व्यक्तिमा गरिएको एण्टिजेन जाँचमा नेगेटिभ अर्थात रोग नभएको नतिजा आएका हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालको अनुसार पछिल्लो चौविस घण्टामा जिल्लामा नयाँ सक्रमितको पहिचान नभएको र ११ जना सक्रमितले रोग जितेसगैँ सक्रिय सक्रमितको सङ्ख्या ठिक १०० सयमा आइपुगेको हो ।
नुवाकोटमा अहिलेसम्म कोरोना सक्रमित हुनेको कुल सङ्ख्या आठ हजार १०० जना पुगेका छन् । नुवाकोटमा पछिल्लो २४ घण्टामा यसअघि सक्रमित पुष्टि भएका ११ जनाले रोग जितेर समुदायमा फर्किएका छन् । यो सहित अहिलेसम्म नुवाकोटमा कोरोना जित्नेको सङ्ख्या सात हजार ९५३ जना पुगेका छन् ।
सक्रमित भएकामध्ये उपचारको लागी त्रिशूली अस्पतालमा १४ जना भर्ना भएका छन् भने स्थानीयतहले बनाएको आइशोलेसन केन्द्रमा ९ जनालाई राखिएको छ । कोरोना रोगबाट सक्रमित भएपनि ७७ जनाको स्वास्थ्य अबस्था सामान्य भएकाले उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा घरको एकान्तबाँसमा राखिएको स्वास्थ्य कार्यालयले नुवाकोटले जनाएको छ ।
कुन पालिकामा कति लगायतको पूर्ण विवरण यस प्रकार रहेको छ :

25.16¡ÆC