इङ्ग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले एभर्टनलाई हरायो

अशोज ३, २०७८ मा प्रकाशित | 463 views

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको छ । गएराति भएको खेलमा एस्टनले एभर्टनलाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको ६६ औं मिनेटमा एस्टनका म्याट्टी क्यासले गोल गरी अग्रता दिलाएका थिए।

लगत्तै ६९ औं मिनेटमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरे पनि एस्टनले २–० को अग्रता बनायो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा एस्टनका लियोन बेलीले गोल थपे । एभर्टनलाई हराएको एस्टनले ५ खेलमा ७ अङ्क जोडेको छ ।

एस्टन भिल्ला लिगको दशौं स्थानमा छ । एभर्टन १० अङ्कका साथ पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web