१ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि

अशोज १, २०७८ मा प्रकाशित | 400 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार पाँच सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गरेकोमा एक हजार पाँच सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १२ दशमलव ५७ प्रतिशतमा सङ्क्रमण देखिएकाे हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७१ हजार सात सय ३४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५१ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४६ हजार पाँच सय ६६ पुगेको छ ।

यही अवधिमा थप १० जना सङ्क्रमितकाे ज्यान गएकाे छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १२ पुगेको छ ।

अहिले नेपालमा २५ हजार चार सय ९७ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ८६ जनाको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web