विद्रोही समूहमाथि सेनाको कारबाही तीव्र

भदौ २०, २०७८ मा प्रकाशित | 423 views

काठमाठौँ । इथियोपियामा विद्रोही समूह टिग्रेका साढे ५ हजारभन्दा धेरै लडाकु मारिएका सेनाले दाबी गरेको छ ।

भर्खरै गरेको कारबाहीमा मात्र ५ हजार ६ सय विद्रोही मारिएको इथियोपियाली सेनाले दाबी गरेको हो ।

गएको नोभेम्बरदेखि सेनाले विद्रोही समूह विरुद्ध कारबाहीलाई तीव्र पारेको छ । विद्रोही समूहले इथियोपियाको अमहारा र अफार क्षेत्र लगभग कब्जामा लिइसकेको अवस्थामा सेनाले उनीहरु विरुद्ध आक्रमण तीव्र पारेको हो ।

विद्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको सङ्घर्षका कारण हजारौँ नागरिक सुडान पलायन भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web