कांग्रेस सभापतिमा कल्याण गुरुङ उठ्ने

भदौ १५, २०७८ मा प्रकाशित | 482 views

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङ १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको दोस्रो पुस्ताको नेतृत्व गर्दै आफूले युवा पुस्ताको नेतृत्व गर्दै उम्मेदवार बन्ने घोषणा गर्न लागेको नयाँ पत्रिकालाई जानकारी दिए।

गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत उम्मेदवार बन्ने घोषणा गर्ने भएका छन्। भदौ १८ बाट कांग्रेसको तल्लो तहको अधिवेशन सुरु हुँदै छ। गुरुङले पनि यसअघि नै आफू सभापतिको उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन्। हालसम्म सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरेका छन् भने गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web