एसिड बिक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ

भदौ १४, २०७८ मा प्रकाशित | 444 views

पोखरा । विना इजाजत एसिड ओसारपसार तथा बेचबिखन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनमा ग ३ च ११४३ नम्बरको जीपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र पोखरा–२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्न राखेको ३५० केजी एसिड बरामद गरी तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जीपचालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ घर भई चितवनको भरतपुर बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, सोही जीपमा सवार विराटनगर महानगर पालिका–२ घर भई भरतपुरमै बस्ने २९ वर्षीय केशव सिंह र अभिषेक औजार पसलका सञ्चालक बागलुङ नगरपालिका–७ ढिकीचौर घर भई पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने बलबहादुर विक रहेका छन् ।

विना इजाजत एसिडको ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरुको निगरानी गरेको एसिड बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web