काबुल विमानस्थल नजिकै विस्फोटको आवाज सुनियो

भदौ १३, २०७८ मा प्रकाशित | 434 views

काठमाडौँ । काबुल विमानस्थल नजिकै ठूलाे विस्फाेटकाे आवाज सुनिएकाे विवरणहरू सार्वजनिक भएका छन् । विभिन्न सामाजिक सञ्जालमा पाेस्ट गरिएका तस्बिरमा धुँवाकाे कालाे मुस्लाे देखिएकाे बीबीसीले जनाएकाे छ ।

अफगान स्वास्थ्य मन्त्रालयले पनि काबुल विमानस्थल नजिक विस्फाेट भएकाे पुष्टि गरेकाे छ । विस्फाेटमा के–कति क्षति भयाे भन्नेबारेमा भने विवरण प्राप्त भइसकेकाे छैन ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web