एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा नेपाललाई

भदौ १३, २०७८ मा प्रकाशित | 326 views

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो । संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको छ ।

बैठकमा सांसद प्रेमबहादुर आलेले संसदीय समितिहरुमा पार्टीको उपस्थिति बलियो बनाउनुपर्ने जोड दिएका छन् । संसदीय समितिको सभापतिमा को–को पठाउने भन्ने पनि छलफल गर्नुपर्ने उनको प्रस्ताव थियो ।

अध्यक्ष नेपालले पनि पहिले दलको कार्यालयका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web