तिवारी र साम्सोहाङले लिए सपथ

भदौ ११, २०७८ मा प्रकाशित | 422 views

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुक्रबार ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो । दुवैजना मन्त्रीको शपथग्रहण भएको छ ।

मुख्यमन्त्री आचार्य शुक्रबार बिहानैदेखि मन्त्रिपरिषद् बिस्तारका लागि आन्तरिक छलफलमा जुट्नुभएको थियो ।मन्त्री नियुक्त हुनुभएका दुवै जना माधवकुमार नेपाल समूहमा रहेर पछिल्लो समय एमालेमा खुल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web