एकीकृत समाजवादीको पाँच सदस्यीय स्थायी कमिटी

भदौ ११, २०७८ मा प्रकाशित | 391 views

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ । नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो ।

स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन् । एक नेताका अनुसार यो स्थायी कमिटी तत्कालका लागि मात्रै हो ।

राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने तयारी छ । ‘तत्काल काम चलाउन यो स्थायी कमिटी कायम गरिएको हो । चाँडै स्थायी कमिटी विस्तार हुनेछ,’ भुसालले भने ।

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा वैधानिकता पाएको छ । एकीकृत समाजवादीको पदाधिकारी समेत टुंगिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web